Coop-Logo-New1 श्री नमुना कृषक बहुमुखी सहकारी संस्था लि.,मनहरी गाउँपालिका -३,गैरिचोक,मकवानपुर
स्थापना २०५५/१२/२२
बचत योजनाहरु

श्री नमुना कृषक बहुमुखी सहकारी संस्था लि.को पेजमा यहाँहरुलाई हार्दिक स्वागत छ

बचत योजनाहरु

१. अनिवार्य मासिक बचत
नियमहरु :
 कम्तिमा रु १०० देखि आफ्नो क्षमता अनुसार मासिक बचत सबै सदस्यले अनिवार्य गर्नु पर्ने ।
 खतामा रु २००० छाडि बाकिं रकम झिक्न सकिने छ ।
 बचत दर परिर्वतन गर्न चाहेमा श्रावण महिनाबाट गर्न सकिने छ ।
 व्याजदर वार्षिक ८ प्रतिशत ।

२.दैनिक बचत
नियमहरु :
 यो स्वेच्छिक बचत हो ।
 दैनिक रु १० देखि रु ५०० सम्म बचत गर्न सकिन्छ ।
 यो ६ महिना पछि झिक्न सकिन्छ ।
 व्याजदर वार्षिक ७ प्रतिशत ।

३. मुद्धति बचत खाता
नियमहरु :
 निश्चित समयको लागि रु १००० देखि रु ५००००० सम्म बचत गर्न सकिन्छ ।
 ९–११प्रतिशत सम्म ब्याज दिइने छ ।
समयअवधि ४ वर्ष हुने छ ।
यदि समय अगावै पैसा चाहिएमा बचतको ९० प्रतिशत बचत ब्याजमा २ प्रतिशत ब्याज थपगरि ऋणको रुपमा झिक्न सकिन्छ ।

४.टार्गेट बचत
नियमहरु :
 वार्षिक कति बचत गर्ने सुरुमा त्यसको निश्चित गर्नु पर्दछ र एक वर्षभित्रमा दैनिक,साप्ताहिक,मासिक रुपमा सुरुमा कबोल गरेको रकम बचत गर्नु पर्दछ ।
 व्याजदर वार्षिक ९ प्रतिशत ।
 एक वर्ष पुरा भएपछि आवश्यक परेमा रु १००० खातामा छोडी झिक्न सकिन्छ ।

५. खुत्रुके बचत
नियमहरु :
 रु ५०० मा खाता खोल्न सकिन्छ ।
 हरेक महिनाको अन्त्यमा खुत्रुके खोलिने छ र खुत्रुकमो जम्मा भएको रकम बचत गर्न सकिने छ
 व्याजदर वार्षिक ९ प्रतिशत ।

६. संस्थागत बचत
नियमहरु :
 सहकारी ऐन अनुसार सदस्य बन्न मिल्ने संघ संस्था तथा अन्य निकायले यसमा बचत गर्न सक्नेछन् ।
 यो ऐच्छिक बचत हो कुनैपनिवेला रु १०० भन्दा बढि बचत राख्न र झिक्न सकिने छ ।
 व्याजदर वार्षिक ६ प्रतिशत ।

७.बाल शिक्षा बचत
नियमहरु :
 यो ऐच्छिक बचत हो ।
 १६ वर्ष भन्दा कम उमेरकाले यसमा बचत गर्न सक्छन्
 मसिक कम्तिमा रु १०० बचत गर्नुपर्दछ र दैनिक भाग गरि पनि बचत गर्न सकिन्छ ।
 यो १६ वर्ष पुराभएपछि वा एस.इ.इ. पास भएपछि झिक्न सकिन्छ ।
 व्याजदर वार्षिक ९ प्रतिशत ।
 १६ वर्ष भन्दा कममा झिक्न चाहेमा २ प्रतिशत सर्भिस चार्ज लाग्नेछ ।
 यो बाल शिक्षाको उदेश्यले गरिने बचत हो अभिभावकले १६ वर्षभन्दा कमकम बच्चको नाममा यो खाता खोल्न सक्छन् ।

८.चाडपर्व बचत
नियमहरु :
 कुनैपनि सदस्यले बचत गर्न सक्छन् ।
 चाडपर्वको अवसरमा बचत गर्न सकिन्छ ।
 व्याजदर वार्षिक ९ प्रतिशत ।
 बचतको १५० प्रतिशत सम्म ऋण झिक्न सकिन्छ ।

९.समुह बचत
नियमहरु :
 नमुना कृषक बहुमुखी सहकारी समुह र समुदायमा आधारित संस्था हो एउटै उदेश्य र चासो भएका हरुले समुहमा बचत गर्न सक्छन्
 बचत रकम मासिक रु १०० वा सो भन्दा बढि सबैको समान हुन्छ ।
 समुहमा २ भन्दा बढि जतिपनि सदस्य रहन सक्छन् ।
 व्याजदर वार्षिक ८ प्रतिशत ।
 यस समुहमा जम्मा भएको रकम सदस्यको आवश्यकताको आधारमा १४ प्रतिशत व्याजदरमा समुहका सदस्यभित्र मात्र लगानि हुनेछ ।

१०. स्वेच्छिक बचत
नियमहरु :
 सदस्यले यस खातामा जुनसुकै बेला जतिपनि रकम बचत गर्न र झिक्न सक्नेछन् ।
 नियमित बचत गर्नुपर्ने बाध्यता छैन ।
 यसमा न्युनतम रु ५०० जगेडा राख्नु पर्दछ ।
 व्याजदर वार्षिक ५ प्रतिशत ।

११. जेष्ठ नागरिक बचत
सदस्यले आफु संरक्षक रहि आफ्नो आमा बुबाको नाममा संस्थामा जेष्ठ नागरिक बचतखाता खोल्न सकिने छ ।
नियमहरु :
 रु १०० बाट खाता खोल्न सकिनेछ ।
 ६० वर्ष उमेर पुगेका महानुभावहरुले खाता खोल्न सकिने छ ।
 संस्थामा सदस्य वा सदस्यको परिवारका जेष्ठ नागरिकले खाता खोल्न सकिने छ ।
 मासिक कम्तिमा रु १०० देखि बढिमा रु ५००० सम्म रकम जम्मा गर्नु पर्नेछ ।
 बचतमा ९ प्रतिशत व्याज दिइने छ ।
 बचत रकम थप घट गर्नु परेमा प्रत्येक वर्षको श्रावण महिनाबाट गर्न सकिने छ ।
 खतामा जम्मा भएको रकम निकाल्नु परेमा आषाढ महिनासम्म जम्मा भएको रकम श्रावण महिनादेखी एक मुष्ठ वा आशिंक रुपमा निकाल्न सकिने छ ।

१२.बचत दोब्बर योजना ।
सुरुमै एकमुस्ट रकम बचत गर्नु पर्ने छ । ८ वर्ष पुरा भएपछि सुरुबचतको दोब्बर रकम भुक्तानि दिइने छ ।

१३. नारी बचत
नियमहरु :
 यो स्वेच्छिक बचत हो । महिलाले मात्र यसमा बचत गर्न पाउदछन् ।
 न्युनतम रु ५०० मा खाता खोल्न सकिन्छ ।
 मासिक रु १०० भन्दा माथि रु ५००० सम्म बचत गर्न सकिन्छ ।
 सदस्यलाई बचतको आधारमा रु ५००० सम्म सुत्केरी भत्ता दिइने छ ।
 जिवनभर २ पटक सम्म मात्र यो सुविधा लिन सकिन्छ ।
 ब्याजदर ८ प्रतिशत दिइने छ ।